दाजुभाइ पुलबाट खसे: भाइको मृत्यु , दाजुको उद्धार

115
loading...
Loading...

बझाङ – काठेपुलबाट खाेलामा खसेर बिहीबार एक बालकको ज्यान गएकाे छ ।तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोटका नरेन्द्र बमका ६ वर्षीय छोरा पदम बमको सुनिगाडमा हालेको काठेपुलमा तर्ने क्रममा खसेर ज्यान गएकाे प्रहरीले जनाएको छ । दिउँसो १२ बजे गाँउ बाट मृतक पदम बम र उनका दाजु १२ वर्षीय विराज बम काफल खान जाने क्रममा खोला तर्न खोज्दा काठे पुलबाट खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

नरेन्द्र बमका जेठा छोरा विराजलाई खोला नजिकै रहेका उनका काका सुदन बमले छोप्न सफल भए पनि कान्छालाई भने छोप्न नसकेर मृत्यु भएको सुदन बमले बताउनुभयाे ।पदम बमकाे शव दुई किलोमिटर तल फेला पारेको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताउनु भयो । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ । दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को एक सामुदायिक वनमा एक जना मृत र एक जना छटपटाइरहेको अवस्थामा फेला परेका छन् वडा नम्बर १६ को रातामाटा शीतल सामुदायिक वन क्षेत्रमा बिहीबार दिउँसो एक छटपटाइरहेकी युवतीसँगै एक
युवक मृत भेटिएका छन् ।वन हेर्न गएका सुनिल चौधरीले ती युवा युवती छटपटाइरहेको देखेपछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि
उनिहरुको उद्धार गरिएको थियो ।मृत अवस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृति गाउँपालिका ८ असरेका १८ वर्षीय राजेश घर्ती र छटपटाइरहेकी त्यसै

ठाउँकी १७ वर्षीया गिता केसी रहेको प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभएको छ ।मृतक युवकको शवलाई पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भैरहेको छ । उनीहरुले विषादि सेवन गरेको प्रहरीले अनुमान गरेको छ ।घटनास्थलमा विषादीको गन्ध आएको र बोतलको बिर्को समेत फेला परेको प्रहरीको भनाइ छ । युवती बेहोस भएका कारण घटनाका बारेमा सबै खुल्न नसेकको र अनुसन्धान भैरहेको प्रवक्ता शाहले जानकारी दिनुभएको छ ।झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा
बुढाथोकी घाइते भएका छन् ।आक्रमणको घटना राति भए पनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा
घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताउनुभयो । एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा

प्यारालाइसिसकी बिरामी वृद्धा सासु हुनुहुन्थ्यो ।टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् । छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् ।

बिरामी सासु अर्को कोठामा सुतिरहनु भएको ।गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली आफँै प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुट्नुभएको छ । उहाँले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लगाइने बताउनुभयो ।बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाकी प्रत्यक्षदर्शी नाबालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी थिइन् ।

Loading...
loading...