प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिने

92
Loading...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने भएका छन् । केही दिनअघि मात्रै भियतनाम र कम्बोडिया भ्रमण गरेर फर्किएका ओली आगामी जेठ २६ गते युरोप भ्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने भएका छन् । केही दिनअघि मात्रै भियतनाम र कम्बोडिया भ्रमण गरेर फर्किएका ओली आगामी जेठ २६ गते युरोप भ्रमणमा जान लागेका हुन् ।

६ दिने भ्रमणमा क्रममा ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने भएका हुन् । ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभामा जान लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालले प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको समेत माइ रिपब्लिकालाई बताएका छन् ।

जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शताब्दी समारोहलाई सम्बोधन गर्नेछन् । ओलीको यो दोस्रो युरोप भ्रमण हो । उनी गत वर्ष फेब्रुअरीमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको दावोस गएका थिए ।

माई रिपब्लिकाका अनुसार जेनेभामा प्रधानमन्त्री ओलीको त्यहाँका अन्तरिम मन्त्री तथा पूर्व राष्ट्रपतिसँग भेटवार्ता हुनेछ । स्वीट्जरल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ । त्यहाँ उनले अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिनेछन् । बेलायतमा राजनीतिक भेटघाट हुनेबारे भने तय भइनसकेको सचिवालयले जनाएको छ ।

बेलायतको भ्रमण सकेर १३ जुनमा फ्रान्स जाने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल–फ्रान्स सहकार्यका विभिन्न परियोजनाबारे छलफल गर्ने कार्यतालिका रहेको छ । दुई देशबीच कुटनीतिक सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा फ्रान्समा विभिन्न कार्यक्रम हुने र ती कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्य तालिका छ । त्यहाँ विभिन्न उच्चस्तरीय भेटघाट हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रम मन्त्री गोकर्ण विष्ट, पत्नी राधिका शाक्य, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम मन्त्रालयका सचिव महेश दाहाल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसहितको २७ सदस्यीय टोली लिएर युरोप भ्रमणमा निस्कन लागेका हुन् ।

णमा जान लागेका हुन् ।

६ दिने भ्रमणमा क्रममा ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने भएका हुन् । ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभामा जान लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालले प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको समेत माइ रिपब्लिकालाई बताएका छन् ।

जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शताब्दी समारोहलाई सम्बोधन गर्नेछन् । ओलीको यो दोस्रो युरोप भ्रमण हो । उनी गत वर्ष फेब्रुअरीमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको दावोस गएका थिए ।

तपाईको फेसबुकमा शेयर गर्नुहोस

Loading...