इन्स्टाग्राममा यस्ता तस्वीर शेयर गर्छिन् एलिशा राई (फोटोफिचर)

114
Loading...

काठमाडौं – नायिका तथा मोडल एलिसा राईले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा पाइला चालिन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन ।

फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकले खुबै मन पराएका थिए ।

अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ । उनले फिल्म ‘लूट’ मा निभाएको भूमिकाको पनि चर्चा भएको थियो । सामाजिक सञ्जालमा  एलिसाको उपस्थिति राम्रै रहने गर्छ । म्युजिक भिडियोमा त उनी जमेकी नै छिन् ।

कतिपय फ्यानले भने एलिसालाई किन फिल्ममा अभिनय नगरेको भनेर सोध्ने गर्छन् । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी काममै बढी व्यस्त रहन्छिन् ।

क्युट एलिसाका केही तस्वीर हामीले यहाँ राखेका छौँ:

Loading...