मेसीले गोल्डेन बुट जित्दा रोनाल्डो टप १० मा पनि परेनन् !

57
Loading...

काठमाडौँ । लियोनेल मेसीले छैठौ पटक ‘युरोपियन गोल्डेन शू’ जितेका छन् । युरोपका देशहरुमा संचालन हुने लिगहरुमा यस सिजनमा सबैभन्दा बढी गोल गरेका मेसीले छैठौ पटक युरोपको गोल्डेन शू अवार्ड जितेका हुन् ।

मेसीले यस सिजनमा ला लिगामा ३६ गोल गर्दै यो अवार्ड जितेका हुन् । युरोपियन स्पोर्ट्स मिडियाले दिने यो अवार्ड मेसीले यस अघि सन् २००९-१० मा ३४ गोल गर्दै, २०११-१२ मा ५० गोल गर्दै, २०१२-१३ मा ४६ गोल गर्दै, २०१६-१७ मा ३७ गोल गर्दै, २०१७-१८ मा ३४ गोल गर्दै र यस सिजनमा ३६ गोल गर्दै युरोपियन गोल्डेन शू जितेका हुन् ।

मेसीले लगातार पछिल्लो तीन बर्ष यो अवार्ड जित्दै आएका छन् । जहिलेपनि मेसीका प्रतिद्वन्दीको रुपमा हेरिएका क्रिस्टियानो रोनाल्डो भने यस बर्ष टप १० मा पनि परेका छैनन् । रियल मड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले यस सिजनमा सिरी ए मा केवल २१ गोल गर्दै सिजनको अन्त्य गरेका छन् ।

रोनाल्डोले युरोपियन गोल्डेन शू अवार्ड यस अघि चार पटक जितेका छन् । रोनाल्डोले सन् २००७-८ मा ३१ गोल गर्दै, २०१०-११ मा ४० गोल गर्दै, २०१३-१४ मा ३१ गोल गर्दै र २०१४-१५ मा ४८ गोल गर्दै युरोपियन गोल्डेन शू जितेका थिए ।

युरोपियन गोल्डेन बुटका लागि मेसीपछि दोस्रो स्थानमा पिएसजीका किलियन एम्बाप्पे रहे । उनले लिग वानमा ३३ गोल गरेका थिए । तेस्रो स्थानमा सिरी ए को क्लब साम्पडोरियाका फाबियो क्वागलियारेला रहेका छन् जसले सिरी ए मा २६ गोल गरेका थिए ।

त्यस्तै चौथो स्थानमा सिरी ए कै एटलान्टाका डुभान जपाटा रहे, जसले सिरी ए मा २३ गोल गरे । त्यस्तै लिभरपुलका मोहमद सलाह र साडियो मानेले २२-२२ गोल गरेका छन् भने बायर्न म्युनिखका रोबोर्ट लेवानडोस्की, आर्सनलका पिरेरे एमरिक अउबामेयांग र एसी मिलानका क्रिजयसटोफ पियाटेकले २२-२२ गोल गरेका थिए ।

Loading...