उदयपुरमा जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

71
Loading...

उदयपुर / उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेको छ । आइतबार त्रियुगा नगरपालिका ७ पिपल चौकमा एक बालिका र यसै नगरपालिका १६ को कसेनी खोला स्थित जंगलमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

 

त्रियुगा नगरपालिका ७ पिपल चौक स्थित खेतको गरामा आइतबार राति अन्दाजी ८ः४५ बजेको समयमा अन्दाजी २१ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५२ वर्षिय धन बहादुर दनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए ।

यस्तै यसै नगरपालिका १६ कसेनी खोला स्थित जंगलमा आइतबारै दिउँसो ४ बजेको समयमा एक ३५ वर्षिय महिलालाई करणीको आरोपमा ४३ वर्षिय भिम बहादुर तामाङ पक्राउ परेको एसपी राईले जानकारी दिए । पक्राउ परेको दुवै जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।

Loading...