गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै, के छ कानूनी प्राबधान ?

195
loading...
Loading...

काठमाडौं– नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाइगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभइ ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन् ।

तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन् । सो कक्रकरणपछि चौतर्फी विरोध भएको छ । घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरिएको छ ।

गृह मन्त्रालयले मृत गौहत्या प्रकणरणबारे छानविन गर्न समिति गठन गरेको छ ।

के छ कानूनी प्राबधान ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी कसुरको व्यवस्था छ । दफा (१) मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु गराउन नहुने उल्लेख छ ।

यदि कसैले त्यस्तै कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा छ ।

Loading...
loading...