एटीएम प्रकरण :चिनियाँले चोरेको रकम साट्ने ३ नेपाली पक्राउ, प्रहरीलाई ठुलो सफलता मिल्दै

253
loading...
Loading...

काठमाडौं । चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई केही सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको पुष्टि गरे ।

महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साट्ने दुई मनि चेञ्जरका सञ्चालक र प्रबन्धकलाई पक्राउ गरेको हो । परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए। नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्।

शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् । डीएसपी बोगटीले घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दावी गरे । हालसम्म विभिन्न बैंकको एटीएम सिस्टम ह्याक गरी पैसा चोरी गर्ने ९ जना पक्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
loading...