तीज मनाएर घर फर्कंदै गर्दा बाटोमा दुर्घटना, ३ जनाको निधन केहि घाइते

587
loading...
Loading...

स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा मृ त्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृ त्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् । घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो । दुर्घटनापर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन पहल थालिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो अवरोध हटाउन आज आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गर्नुभएको हो ।

यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहल गर्ने बताउनुभयो । “यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु”, मुख्यमन्त्री राईले भन्नुभयो, “समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।”

विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक–दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताउनुभयो । यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारिक रुपमा लिने मुख्यमन्त्री राईले बताउनुभयो । “अब यो समस्याको अन्त्य हुन्छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “विद्युत् झ्याप्पझ्याप्प आउनेजाने हुनु हँुदैन, यसका लागि विद्युत् प्राधिकरणले ध्यान दिओस् ।”

गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिनुभएको हो । गत हिउँदमा पनि कोशी करिडोरको विद्युत् सम्बन्धको विवादमुख्मन्त्री राईले समाधान गर्नुभएको थियो ।

Loading...
loading...