मृगौला पीडित बिकको उपचारमा समस्या, सहयोगको अपिल !

167
Loading...

सल्यान, २० भदौ : दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा सहयोगको लागि अनुरोध गरिएको छ।

पर्वत चन्द ठकुरीले हिमालीसंचार डटकमलाई दिएको जानकारी अनुसार मृगौला पीडित बिक १० महिनादेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत छन। डाक्टरको भनाइअनुसार बिकको मृगौला पर्त्यारोपन गर्नुपर्ने छ।

यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा पीडित बिन्दु बिककै नाममा खोलिएको काठमाडौको चाबहिलस्थित माछापुच्छ्रे बैंकको खाता नम्बर ५६२३५२४६९७८३८०१७ मा रकम जम्मा गर्न सकिनेछ भने बिन्दु बिकको मोबाइल नम्बर ९८४७८७२६०८ र उनका बुबा नियम बिकको मोबाइल नम्बर ९८६११५१४०८ मा सम्पर्क गर्न सकिनेछ।

अस्पतालको शैयामा छटपटाइरहेकि बिकका श्रीमानले अर्कै बिहे गरि भारत गएपछि उनलाई थप समस्या उत्पन्न भएको छ। उनका दुई बालबच्चा समेत छन।

Loading...