हेलिकप्टरमा सोनीका रोकायालाई लिएर अन्नपूर्ण बेस क्याम्प पुगे पुर्व युवराज पारस शाह

95
Loading...

पूर्वयुवराज पारस शाह मुस्ताङ पुगेका छन् । पूर्वयुवराज शाह पोखरादेखि म्याग्दीहुँदै बुधबार दिउँसो मुस्ताङ पुगेका हुन् । शाहले होटलका कर्मचारीसँग खिचाएको फोटो बाहिरिएपछि उनि मुस्ताङ्ग पुगेको जानकारी भएको हो । उनी आफ्ना निकट सहकर्मीका साथ मुस्ताङको घुमफिरमा पुगेको बताइएको छ ।

मुस्ताङ आउने क्रममा शाह थासाङ गाउँपालिका लेतेस्थित होटल सियुमा बास बसेका थिए । उक्त लज संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको हो । उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको बुझिएको छ । उनका केही साथी मुक्तिनाथ दर्शनका लागि गएका छन् ।

उनको मुस्ताङ यात्रामा २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल प्रयोगमा छन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् । उनका सहयोगी बा १४ च २११३ नम्बरको जीपमा सवार छन् । सँगै उनीहरु मोटरसाइकल चढेको बुझिएको छ । बिना कुनै सूचना र जानकारी नदिई मुस्ताङ आएका पूर्वयुवराज शाह सार्वजनिक रुपमा खुलेका छैनन् ।

यसै बीच सोनीका रोकाया पनि पुर्व युवराज पारस शाहसंग अन्नपूर्ण बेस क्याम्प पुगेकी छिन । तर उनीहरु पैदल हिडेर भने त्यहाँ पुगेका हैनन् । उनीहरु पोखराबाट सिधै हेलिकप्टरमा चढेर त्यहाँ पुगेका थिए । अन्नपूर्ण बेस क्याम्प पुगेको भिडियो सोनीका रोकायाले आफ्नो युट्युब च्यानलमा राखेकी छिन ।

Loading...